• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१२ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१३ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१५ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१५ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१७ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१७ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१७ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१७ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१८ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१८ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१८ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१८ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण ३, मंगलबार (३ साल अघि)

विवादास्पद फैसला गर्ने न्यायाधीश धमाधम बर्खास्त

  • 3,754 Views
  • काठमाडौँ , ३ साउन| न्यायपरिषद्ले विवादास्पद फैसला गर्ने न्यायाधीशलाई धमाधम बर्खास्त गर्न थालेको छ ।कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गरेको छ । उनीहरूले गरेको कार्यसम्पादन मूल्यांकन हुँदा ‘गम्भीर न्यायिक विचलन’ देखिएकाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय बैठकले गरेको हो ।न्यायपरिषद्मा न्यायाधीशमाथि परेको उजुरी छानबिन क्रममा सोमबार न्यायाधीश निधि र शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

    बलात्कार मुद्दामा सफाइ दिनेदेखि योग्यता नपुगेकासम्म

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यसअघि विवादास्पद फैसला गर्ने न्यायाधीशलाई चोख्याउने काम गर्दैै आएका थिए । उनले त्यसबेला न्यायिक विचलनमा परेका फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई सचेत गराउने काम मात्रै गरेर उन्मुक्ति दिएका थिए । राणाले ‘गम्भीर विचलन’ देखिएका न्यायाधीशलाई उन्मुक्ति दिँदा वरिष्ठतम् न्यायाधीशको हैसियतमा रहेका कार्कीको असहमति रहँदै आएको थियो ।

    कार्की नेतृत्वमा आएलगत्तै गम्भीर विवादमा मुछिएका न्यायाधीशलाई धमाधम कारबाहीक्रम सुरु भएको छ । हालसम्म कार्की नेतृत्वको न्यायपरिषद् बैठकबाट पाँच न्यायाधीश बर्खास्तमा परिसकेका छन् ।

    न्यायाधीश राकेशकुमार निधि उच्च अदालत राजविराजमा रहँदा गरेको कार्यसम्पादनका कारण विवादित भएका थिए । कानुन व्यवसायी पृष्ठभूमिबाट न्यायाधीश बनेका निधि २९ पुस २०७३ मा न्यायाधीशमा सिफारिस भएका थिए । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा बसेको न्यायपरिषद् बैठकले मध्यरातमा उनको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । कानुन व्यवसायीको २५ कोटामा उनी परेका थिए । निधिलगायत ८० न्यायाधीशको नियुक्ति विवादमा परेको थियो ।

    त्यस्तै, सिरहामा रहँदा ‘विवादित फैसला, न्यायिक कार्यसम्पादन र आचरण ठीक नभएको’ जनाउँदै न्यायपरिषद्ले जिल्ला न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको जनाएको छ । २१ साउन २०७२ मा जिल्ला न्यायाधीश भएका उनी सरकारी वकिलबाट न्यायाधीश बनेका हुन् ।

    नसरुल्लाह अन्सारीलाई पनि न्याय परिषद्ले कार्यक्षमता अभाव कारण देखाउँदै बर्खास्त गरेको छ । उनी २०७३ पुसमा कानुन व्यवसायीबाट उच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।

    उच्च अदालत जनकपुर राजविराज इजलासमा छँदा आर्थिक चलखेल गरी जग्गाको मुद्दा फैसला गरेको भन्दै जिल्ला बारले छानबिन र बर्खास्ती माग गर्दै आन्दोलनसमेत गरेको थियो । कानुन व्यवसायीले उनीहरूको इजलास बहिष्कार गरेका थिए । पछि, परिषद् सदस्य ओमप्रकाश मिश्रले छानबिनको आश्वासन दिएपछि आन्दोलन रोकिएको थियो ।२०७५ असारको घटनापछि परिषद्मा उजुरी परेको थियो । कार्यक्षमता अभाव र खराब आचरण देखिएको भन्दै परिषद्ले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अन्सारीले उच्च अदालतमा रहँदा राय किताबमा एउटा र फैसला अर्को गरेको आरोप लागेको थियो ।

    बलात्कार मुद्दाका शाह बर्खास्त
    सरकारी वकिलबाट न्यायाधीश नियुक्त शाह सामूहिक बलात्कार मुद्दामा सफाइ दिने फैसलापछि विवादमा तानिएका थिए । जिल्ला अदालत दार्चुलामा रहँदा बन्धक बनाई सामूहिक बलात्कार गरेको आरोप लागेकामध्येका घटनास्थलबाटै पक्राउ परेका अभियुक्तलाई ‘प्रमाण नपुगेको’ भन्दै शाहले सफाइ दिएका थिए ।

    बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई पनि शुक्रबार नै परिषद्ले बर्खास्त गर्न सिफारिस गरेको हो । बर्दिया जिल्ला अदालतमा कार्यरत रहँदा पनि उनी विवादित भएका थिए । सवारी ज्यान मुद्दामा उनले एक व्यक्तिलाई सफाइ दिएका थिए । यो फैसला विवादित बनेको थियो । न्यायाधीश शाहविरुद्ध नुवाकोट जिल्ला अदालतमा रहँदा जग्गा विषयमा गरेको फैसलाउपर उजुरी परेको थियो ।

    योग्यता नपुग्दा साह बर्खास्त
    रेणु साह उच्च अदालत तुलसीपुर बुटबल इजलासमा कार्यरत थिइन् । योग्यतामाथि प्रश्न उठेपछि न्यायपरिषद्ले उनलाई बखास्त गर्ने निर्णय गरेको हो ।

    सीटीईभीटीमा कार्यरत रहेकी साहलाई चोलेन्द्रशमशेर राणाले आफ्नो कोटामा उच्च अदालतमा नियुक्ति दिएका थिए । उनी पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । कानुन व्यवसायीको प्रमाणपत्र लिएर पनि वकालत नगरेको र सीटीईभीटीमा काम गर्दागर्दै उनी उच्च अदालत न्यायाधीशमा सिफारिस भएकी थिइन् ।उनको योग्यतामाथि सार्वजनिक प्रश्न उठेपछि न्यायपरिषद्ले छानबिन गरेर न्यायाधीशबाट बर्खास्त गर्ने निर्णय गरेको हो । न्यायपरिषद्ले योग्यताका लागि प्रमाण पेस गर्न स्पष्टीकरण सोधेको थियो । तर, उनी प्रमाण जुटाउन नसकेपछि बर्खास्तमा परेकी हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १२ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १३ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १५ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १५ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १७ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १७ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १७ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १७ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १८ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution