
जनकपुरधाम, फागुन ९ –भारतको गाजियावादस्थित एचआरआइटी विश्वविद्यालयको कन्सल्टेन्ट मिटिङ काठमाडौं र जनकपुरधाममा सम्पन्न भएको छ।
पहिलो चरणको कार्यक्रम काठमाडौंको एभरेस्ट होटलमा आयोजना गरिएको थियो, जसको उद्घाटन एचआरआइटी विश्वविद्यालयका चान्सलर तथा पूर्व सांसद डा. अनिल अग्रवाल र काठमाडौँ विश्वविद्यालयका व्यवस्थापन संकायका एसोसिएट डिन तथा अंग्रेजीका एसोसिएट प्रोफेसर खगेन्द्र आचार्यले गरेका थिए। उक्त अवसरमा गम्भीर भगतले भारतीय शिक्षा प्रणालीका विशेषताबारे चर्चा गरेका थिए भने ओएम एजुकेशनल ग्रुप प्रा. लि. का म्यानेजिङ डाइरेक्टर सञ्जीव सिंहले नेपाली विद्यार्थीहरूले एचआरआइटी विश्वविद्यालयमा प्राप्त गरिरहेको सकारात्मक अनुभवबारे जानकारी गराएका थिए।
दोस्रो चरणको कन्सल्टेन्ट मिटिङ जनकपुरधाममा सम्पन्न भएको थियो, जसको आयोजना जनकपुर एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन (जेईसीए) ले गरेको थियो। सो कार्यक्रममा शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
जनकपुर कार्यक्रममा विश्वविद्यालयकी प्रशासन प्रमुख समृद्धि त्यागीले एचआरआइटी विश्वविद्यालय नेपाली विद्यार्थीहरूको प्रमुख रोजाइमा परेको बताउँदै उनीहरूलाई विशेष सुविधा प्रदान गरिरहेको जानकारी गराइन्। साथै, प्रदेश सांसद रामअशिष यादवको सिफारिसमा प्रत्येक वर्ष एकजना गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क अध्ययनको अवसर प्रदान गरिने घोषणा गरिन्।
समारोहमा प्रदेश सांसद यादव, राजर्षि जनक विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साह, डिन डा. नागेन्द्र कटुवाल, जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा समितिका सदस्य दीपक ठाकुरलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो। सांसद यादवले नेपाल सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै विशेष योजना ल्याउनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा मिथिला नाट्य कला परिषद्का कलाकारहरूले मैथिली गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे