
ताप्लेजुङ।ताप्लेजुङ जिल्लाको सुरुङखिम गाउँपालिकास्थित बुरुमखिम आधारभूत विद्यालयको पुरानो भवन हालका दिनमा जीर्ण र असुरक्षित अवस्थामा रहेको थियो। विद्यालयका स्थानिय जनप्रतिनिधि, शिक्षक, अभिभावक र विभिन्न राजनीतिक दलका सदस्यहरूले विद्यालयको भवन सुधारको लागि माग गर्दै आवाज उठाएका थिए। उक्त मागलाई ध्यानमा राख्दै, विद्यालयका शिक्षकहरूले United World School (UWS) सँग नयाँ भवनको निर्माणका लागि प्रस्ताव गरेका थिए।
UWS को आर्थिक सहयोगमा आठ कोठे नयाँ विद्यालय भवन र शौचालयको निर्माण कार्य हालैमा सम्पन्न भएको छ। यस भवनको निर्माणले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि सुरक्षित र समृद्ध अध्ययन वातावरण सृजना भएको छ। विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको अवसरमा, विद्यालय प्रशासनले UWS र विशेष गरी मित्र सूर्य कार्कीलाई आभार प्रकट गरेका छन्। UWS को सहयोगले विद्यालयमा शैक्षिक वातावरणलाई अझ सुदृढ बनाएको छ र स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याएको विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे