
काठमाडौँ – नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा आयोजना गर्न लागेको मधेस सभा अब नहुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ता भएको माघ ६ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको कारण सभाहरू, जुलुस र प्रचारप्रसार गर्न नपाउने निर्णय गरेपछि कांग्रेसले सभा स्थगित गरेको हो।
सभापति गगन थापासहितका नेताहरू माघ ११ गते मधेस जाने र १६ गते जनकपुरमा सभा गर्ने योजना बनाएका थिए। थापा सर्लाही–४ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार रहेका छन्। आचारसंहिता लागू भएपछि निर्वाचनको नियमअनुसार प्रचारकार्य नियन्त्रण गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे