
काठमाडौँ, चैत १ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । उपराष्ट्रपति चयनका लागि यही चैत ३ गते मतदान हुँदैछ ।
यसैगरी प्रतिनिधिसभा सदस्य रिक्त भएका चितवन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने भएको छ । रासस
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे