
काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेकोले बताए ।
कांग्रेसले आफनो पार्टीको लागी राष्ट्रपति निर्वाचनमा समर्थन माग्ने बताए । नेता शशांक कोइरालाले पनि राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार हुने बताए ।
कांग्रेसले राष्ट्रपतिको निर्वाचन माघ २९ गतेभित्रै गनुपर्नै माग पनि गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे