
काठमाडौं, पुस ६ | | नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले ६४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत पाएका छन्। संसदीय दलको नेता चयनका लागि ८९ जना सांसदले मतदान गरेका छन्।
अब केहीबेरमा मतगणना सुरू हुनेछ ।संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे