
काठमाडौँ ।आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । आजका लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी छन्। असोज २८ गतेबाट जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन मितिमा निर्णय लिन नसक्दा स्थगित हुँदै आएको छ । पार्टीमा महाधिवेशनको मितिबारे एकमत छैन ।
नेपाली कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने विवाद अझै समाधान भएको छैन। यो विषय मिलाउन एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर आन्तरिक छलफल गरिए पनि सहमति बन्न सकेन। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक सार्दै–सार्दै आजका लागि बोलाएका थिए । पार्टीका दुई पक्ष आफ्नै अडानमा छन्। महामन्त्री पक्षले चुनावअघि महाधिवेशन गर्नुपर्ने भन्छ भने अन्य पक्षले चुनावपछि गर्नुपर्छ भन्ने अडान छ। गगन थापाले पुसमा महाधिवेशन प्रस्ताव गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा गर्ने प्रस्ताव राखेपछि विवाद झनै चर्किएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे