
काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । सरकारमा सहभागी हुन लागेको कांग्रेसले आज बिहान ११ बजे बैठक बोलाएको हो ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकले मन्त्रिपरिषदमा पठाउने मन्त्रिहरुको नाम अन्तिम टूगो लगाउने जनाइएको छ ।
कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ । उपसभापति पुर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ । कांग्रेसले सरकारमा जाने मन्त्रीहरुको नाम करिब टुंगो लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने उक्त बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे