
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। महाधिवेशनको मिति तय गर्ने विषयमा नेताहरुबीच विवाद भएपछि शुक्रबारको बैठक स्थगित गरी आज राखिएको हो। जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा पार्टीको मार्गनिर्देशनबारे छलफल जारी छ तर संस्थापन र असन्तुष्ट पक्षबीच सहमति हुन नसक्दा मिति टुंगो लाग्न सकेको छैन।
सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएका छन्। महासचिवद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमै नियमित महाधिवेशन गर्न दबाब दिँदै विशेष महाधिवेशनका लागि बहुमत प्रतिनिधिहरूको हस्ताक्षर बुझाएका छन्। तर संस्थापन पक्ष निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने अडानमा छ। आजको बैठकले निर्णय गर्न नसके पार्टीभित्रको विवाद अझ चर्किने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे