
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी कार्यालय, बिपी स्मृति भवनमा बस्दैछ। गत असोज २८ गतेदेखि सुरु भएको बैठकले जेन–जी आन्दोलन, अन्तरिम सरकार गठन, प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक अवस्था र पार्टीको भूमिकामाथि छलफल गर्दै आएको छ।
आजको बैठक पार्टीको १५औँ महाधिवेशन तयारीमा केन्द्रित रहनेछ। सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिरभित्र सकिँदैछ, जसका कारण नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा चर्चा तीव्र बनेको छ। विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको जनाइएको छ। देउवाको स्वास्थ्य कारणले उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापतिको भूमिकामा बैठक सञ्चालन गर्दै आएका छन्। तिहार र छठका कारण स्थगित बैठक आज पुनः बस्दैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे