
काठमाडौँ । अमेरिकी विमानवाहक युएसएस अब्राहम लिंकन हाल इरानको नजिकै रहेको बीबीसी भेरिफाइले पुष्टि गरेको छ। यो कदम त्यतिबेला आएको हो जब वासिङ्टनले आफ्नो सैन्य गतिविधि र इरानमा प्रदर्शनकारीमाथि गरिएको कारबाहीका कारण दबाब बढाइरहेको छ।
मंगलबार अमेरिकी र इरानी अधिकारीहरू स्विट्जरल्याण्डमा दोस्रो चरणको वार्ताका लागि भेट्ने तयारीमा छन्। बैठकको मुख्य विषय इरानको आणविक कार्यक्रम र अमेरिका लगाएको आर्थिक प्रतिबन्ध हटाउने सम्भावना रहनेछ ।
अब्राहम लिंकन स्ट्राइक समूहको नेतृत्व गर्दै तीन मिसाइल विनाशक र ९० लडाकु विमान तथा ५,६८० सदस्यीय चालक दलसहित खाडी क्षेत्रमा जनवरीको अन्त्यदेखि तैनाथ छ। हाल यो ओमानको तटबाट करिब ७०० किलोमिटर टाढा छ।
यसैबीच, अमेरिकी जहाज युएसएस जेराल्ड आर फोर्ड पनि मध्यपूर्वमा पठाइएको छ, जुन अर्को तीन हप्ताभित्र पुग्ने अपेक्षा गरिएको छ। अब्राहम लिंकनको उपस्थितिले बीबीसीले पछिल्ला हप्तामा ट्र्याक गरेको अमेरिकी सैन्य विस्तारमा थप विवरण दिएको छ, जहाँ विनाशक जहाज, लडाई जहाज र लडाकु विमानको संख्या बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे