
काठमाण्डौ। काठमाडौं। नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। व्यावसायिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्धता जनाउँदै कम्पनीले आर्थिक वर्षहरूको निरन्तरतासँगै थप नयाँ गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिएको छ।
नेपाल टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म निम्न कार्यहरू सम्पन्न गरेको जनाएको छ:
हरियाली संरक्षण तथा वृक्षरोपण
कम्पनीले काठमाडौंको माइतीघरदेखि तिनकुनेसम्मको सडक खण्डमा हरियाली संरक्षण र वृक्षरोपण कार्यक्रम सञ्चालन गरेको छ। यसअन्तर्गत मौसमी फूल, रुख र दुबो रोपण, गोडमेल, र काँटछाँट जस्ता गतिविधिहरू सञ्चालन गरी सौन्दर्य अभिवृद्धि गरिएको छ।
विद्यालयमा भौतिक तथा शैक्षिक सामग्री वितरण
नेपाल टेलिकमले देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुटलगायतका सामग्री वितरण गरेको छ। महिला स्वास्थ्यमा सहयोग पुर्याउन २० जिल्लाका २० विद्यालयमा Sanitary Pad Vending Machine उपलब्ध गराइएको जनाएको छ।
वातावरण सरसफाइ
कम्पनीले सार्वजनिक स्थलहरू, मठमन्दिर, पुरातात्विक र पर्यटकीय स्थलहरूमा सरसफाइका लागि डस्टबिन वितरण गरेको छ।
वृद्धाश्रम र बालआश्रममा सहयोग
नेपाल टेलिकमले सातवटै प्रदेशका वृद्धाश्रम, बालआश्रम र फरक क्षमता भएका व्यक्तिहरूका संस्थालाई न्यानो कपडा, ब्ल्याङ्केट र भोजन सहयोग गरेको छ।
अस्पतालमा बेड कम चेयर वितरण
वीर अस्पताललगायत अन्य सरकारी र सामुदायिक अस्पतालमा बिरामीका कुरुवाहरूलाई सुविधा पुर्याउन बेड कम चेयर उपलब्ध गराइएको छ।
विद्यालयमा इन्टरनेट सेवा
कम्पनीले FTTH सेवा पुगेका १०० सरकारी विद्यालयहरूमा १ वर्षसम्म ५० Mbps इन्टरनेट निःशूल्क उपलब्ध गराएको छ। FTTH सेवा नपुगेका क्षेत्रमा Namaste Wi-Fi र 4G इन्टरनेट प्याकेजको व्यवस्था गरिएको छ।
SEE तयारीका विद्यार्थीलाई सहयोग
SEE तयारी गरिरहेका विद्यार्थीलाई अनलाइन माध्यमबाट निःशूल्क अध्ययनको सुविधा प्रदान गरिएको छ।
अन्य सामाजिक योगदानहरू
फरक क्षमता भएका व्यक्तिहरूलाई छुट्टै प्याकेजसहितको निःशूल्क सिमकार्ड वितरण।
विपद्, पर्व, र विशेष अवसरहरूमा Bulk SMS तथा कलर रिङ्गटोनमार्फत जानकारी प्रवाह।
जाजरकोट भूकम्प र असोजको पहिरो पीडितलाई राहत सामग्री वितरण।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग।
नेपाल टेलिकमले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे