
काठमाडौँ, २० भाद्र । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।राईकी आमा धनकुमारी राईको आज (सोमबार) ८४ बर्षको उमेरमा निधन भएको हो ।
८४ वर्षीया आमा धनकुमारीको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि हेलिकप्टरबाट उपचारको लागि बिराटनगर ल्याइएको थियो ।विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनको निधनप्रति नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे