
२०७९ फागुन १४।साउदर्न क्रस युनिभर्सिटी र प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको संयुक्त आयोजनामा तेस्रो खुल्ला बास्केटबल प्रतियोगिता सम्मपन्न भएको हो ।
प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीका प्रोग्राम डाइरेक्टर राजु सिंहले तेस्रो खुल्ला बास्केटबल प्रतियोगिता समापन बारे जानकारी गराउनु भएको थियो ।
तेस्रो खुल्ला बास्केटबल प्रतियोगितामा १९ वर्षमुनिका केटा र केटीले भाग लिएका थिए ।
अष्ट्रेलियाको गोल्ड कोस्ट, कफस हार्बर र लिस्मोरमा आफ्नो क्याम्पस रहेको साउदर्न क्रस युनिभर्सिटीले नेपालका युवाहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो।
यो प्रतियोगिताको तेस्रो संस्करण हो भने यस पटक नियम अनुसार ३ह्३ ढाँचामा आधारित यस प्रतियोगितामा विभिन्न विद्यालय, कलेज र स्थानीय खेलकुद टोलीका १९ वर्ष मुनिका केटा र केटीले भाग लिएका थिए ।
प्रतियोगितामा केटाका १० र केटीका ५ टोलीले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतियोगितामा ग्रान्डेले यु–१९ अन्तर्गत केटा र केटी दुवै तर्फको प्रतियोगिता जितेका छन् भने मर्लियन जिम्नेसियम (ब्वाईज) रनर अप र बालर ए (गर्ल्स टिम) उपविजेता भएका छन्।
प्रतियोगितामा युनिशा लामा र उर्ग्यान लामा प्रतियोगिताको एमभीपी भएका छन्।
आजको स्वस्थ युवा नै स्वस्थ समाज र राष्ट्रको विकासको आधार हो भन्ने मुलमन्त्रलाई आत्मसात गदै प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्गलाई शिक्षित गर्न र युवाको मानसिक तथा शारीरिक उत्थानका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ।
साउदर्न क्रस युनिभर्सिटीले अष्ट्रेलियाको गोल्ड कोस्ट, लिस्मोर र कफस हार्बरमा रहेका आफ्ना तीन क्याम्पस स्थानहरूमा विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरूमा नेपाली विद्यार्थीहरूले राम्रो अध्ययन गरीरहेको साउदर्न क्रस युनिभर्सिटीकी कन्ट्री रिप्रिजेन्टेटिभ शुभी प्रधानले पत्रकारलाई जानकारी गराउनु भएको थियो यस किसिमको का्र्यक्रमले थप नेपाली युवाहरुलाई गुणस्तरीय ज्ञान र सीप, दक्षता प्रदान गर्नुका साथै नेपाली युवाहरुको सर्वाङ्गीण विकासका लागि नेपालमा खेलकुदको प्रवद्र्धनमा सक्रियताका साथ काम गरिरहेको समेत जानकारी गराउनु भएको थियो।
खुल्ला बास्केटबल प्रतियोगितामा प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी र साउदर्न क्रस युनिभर्सिटीको तर्फबाट बिभिन्न नगद, सिल्ड तथा प्रमाणपत्र वितरण पश्चातपश्चात प्रतियोगिता सम्मापन गरियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे