
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्न सरकार निरन्तर कानुनी तथा संस्थागत सुधारमा क्रियाशील रहेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई रोजगारीका अवसरहरू उपलब्ध गराउन उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि हुने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको उल्लेख गरे।
“देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्न स्टार्टअप उद्यमलाई २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिएको छ। चालु आर्थिक वर्षमा एक हजार युवाले यो कार्यक्रममार्फत कर्जा प्राप्त गर्नेछन्,” प्रधानमन्त्री ओलीले बताए।
प्रधानमन्त्री ओलीले युवाहरूलाई स्वदेशमै स्वरोजगार बन्न प्रोत्साहित गर्न आवश्यक सबै प्रकारका नीतिगत तथा व्यवस्थापकीय सुधारहरू सरकारले गरिरहेको स्पष्ट पारे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे