
काठमाडौँ, १३ फागुन ।यसै साता काठमाडौँ हायात प्यालेस होटलमा युनिभर्सिटी अफ युरोप फर एप्लाईड साइन्सले स्टडी ईन जर्मन मिट एण्ड ग्रीट कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा युनिभर्सिटी अफ युरोप फर एप्लाईड साइन्सका डिरेक्टर फर स्टुडेन्ट रिक्रूटमेंट दीपान्स् सीङ्लाले सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई स्वागत गर्दै मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा युनिभर्सिटी अफ युरोप फर एप्लाईड साइन्सका डिरेक्टर फर स्टुडेन्ट रिक्रूटमेंट दीपान्स् सीङ्लाले युनिभर्सिटी अफ युरोप फर एप्लाईड साइन्समा पढाइ हुने कोर्स, फयासीलिटीज, फी स्ट्रक्चर साथै अवसरहरूको बारेमा शैक्षिक परामर्श व्यवसायीहरूलाई जानकारी प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न परामर्श व्यवसायीहरूले विभिन्न जिज्ञासा राखेका थिए।कार्यक्रममा ग्लोबल युनिभर्सिटी सिस्टम की बिजिनेस डेभलपमेन्ट मेनेजर साउथ एसिया सुपुनी सुगातदासाले भिजा प्रोसेसीङको बारेमा सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूलाई जानकारी प्रदान गरेकी थिइन ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा युनिभर्सिटी अफ युरोप फर एप्लाईड साइन्सका दीपान्स् सीङ्ला अतिथी तथा शैक्षिक परामर्श व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे