
काठमाण्डौ।मंसिर ११,क्यानाडाको भ्यानकुभरस्थित युनिभर्सिटी क्यानाडा वेस्टबारे शैक्षिक एजेन्टसंगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राजधानीको चपलीस्थी ड्रिम गार्डेन रिसोर्टमा सम्पन्न सो कार्यक्रममा युनिभर्सिटी क्यानाडा वेस्टको दक्षिण एशिया, अफ्रीका तथा मध्य पूर्व एशियाका निर्देशक दिपांश सिंगलाले सो विश्वविद्यालयको शैक्षिक प्रणालीका साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि प्रदान गरिने सेवा सुविधाका बारे एजेन्टहरुसंग छलफल गरेका थिए।
साथै उनले क्यानाडामा नेपाली विद्यार्थीहरुका लागि निकै नै धेरै अवसर रहेको समेत जानकारी दिए।
त्यस्तै कार्यक्रमका संयोजक तथा विश्वविद्यालयका सिनियर बिजिनेस डेभलपमेन्ट म्यानेजर नेत्र कोइरालाले उपस्थित सबै एजेन्टहरुलाई धन्यबाद दिंदै आगामी दिनमा सहकार्य गरेर जानुपर्नेमा जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे