
ललितपुर, पुल्चोक — सिभिल इन्जिनियरिङ विद्यार्थी समाज) नेपालले पुल्चोक क्याम्पसको पुस्तकालय हलमा आयोजना गरेको राष्ट्रिय स्तरको +2 हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
उपत्यकाका २१ उच्च माध्यमिक विद्यालयका २५ टोलीहरूले प्रतियोगितामा भाग लिँदै ज्ञान र प्रतिस्पर्धाको उत्कृष्ठ प्रदर्शन गरे।
प्रतियोगितामा SOS हर्मन गमेयर स्कूलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम र दोस्रो स्थान हासिल गरेको छ। तृतीय स्थान ब्राइट फ्यूचर स्कूल र फुलब्राइट स्कूलले साझा गरेका छन्।
कार्यक्रमको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले विद्यार्थीहरूको बौद्धिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले पचास हजार रुपैयाँ बराबरको नगद पुरस्कार र अन्य सामग्री प्रदान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस, कुमारीपाटीका निर्देशक देबिप्रसाद लम्सालले विद्यार्थीहरूको प्रतिभा र प्रतिस्पर्धात्मक क्षमताको विकासमा यस्तो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे