
काठमाडौँ, २४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आचारसंहिताका बारेमा निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।
पार्टी महासचिव कमरे शंकर पोखरेलको नेतृत्वमा आज आसन्न स्थानीय निर्वाचन आचारसंहिताका बारेमा पार्टीको प्रतिनिधिमण्डलले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो । एमालेले आचारसंहिता संदर्भमा आयोगलाई ६ बुँदे पार्टीको धारणा राखेको हो ।
उसले पार्टीको प्रचार–प्रसार, प्रधानमन्त्रि लगायत मन्त्रिहरुले दलको प्रचार–प्रसार, निजि संस्था तथा गैह सरकारी संस्थामा कार्यरतले समाजिक सञ्जाल मार्फत पक्ष–विपक्षमा प्रचार गर्न नपाउने, उमेदवारले झण्डा तथा चुनाव चिन्ह आफनो कार्यालय वाहेक अन्य तथा सामाजिक सञ्जाल मार्फत पक्ष–विपक्षमा मत माग्न नपाउन, चुनाव लड्न स्थानीय जनप्रतिनिधिले राजिनामा दिनुपर्नै र मतदान अधिकृतले गरेको निर्णय तथा निर्वाचन अधिकृतले मत सदर र बदर गर्न पाउने अधिकारको बिषयामा आयोगको धारण स्पष्ट पार्न माग गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे