
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाउने तयारी गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बोलाउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्।
पत्रकारको प्रश्नमा अध्यक्ष कार्कीले ओलीलाई बयानका लागि बोलाइने स्पष्ट पारे पनि, उपस्थित नभए के गर्ने भन्ने विषयमा भने “भोलिको कुरा भोलि नै हुन्छ” भन्दै प्रतिक्रिया दिए। यसअघि ओलीले आयोग अध्यक्ष कार्कीका विगतका विवादित अभिव्यक्तिलाई आधार बनाउँदै आयोगप्रति असहमति जनाइसकेका छन् र बयान दिन नजाने अडान लिएका छन्। उनले सार्वजनिक रूपमा ‘गोली ठोके हुन्छ तर बयान दिन जान्न’ भन्ने कडा अभिव्यक्ति समेत दिएका थिए।
यता, सोही घटनासम्बन्धी अनुसन्धानका क्रममा निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान भने आयोगले लिइसकेको छ। आयोगले अन्य सरोकारवाला व्यक्तिहरूसँग पनि क्रमशः बयान लिने तयारी गरिरहेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे