
काठमाडौँ । निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा सकेसम्म नेपालमै उत्पादन भएका सामग्री प्रयोग गर्ने निर्णय गरेको छ। निर्वाचनलाई कम खर्चिलो, पारदर्शी र व्यवस्थित बनाउन तथा स्वदेशी उत्पादनलाई सहयोग पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश र जिल्लाबाटै खरिद गरिनेछ। बाँकी १४ प्रकारका सामग्री भने केन्द्रबाट किनिने व्यवस्था गरिएको छ। केन्द्रस्तरका अधिकांश सामग्री खरिदको जिम्मा साल्ट ट्रेडिङ कम्पनीलाई दिइएको छ।
निर्वाचनका लागि करिब ६ करोड ७५ लाख रुपैयाँ बराबरका नयाँ सामग्री मात्र खरिद गरिएको छ। यसअघि प्रयोग भइसकेका सामग्रीलाई पनि पुनः प्रयोगमा ल्याइँदैछ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा निर्वाचन चिह्न वितरणको सबै कार्यक्रम सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे