
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै एकैपटक १६८ जना अधिकृतको कमाण्ड जिम्मेवारी बदली गरेको छ। जसमा नायब उपरीक्षक २६, निरीक्षक ९३ र नायब निरीक्षक ४९ जना छन्।
प्रधान कार्यालयले पहिले नै प्रकाशन गरेको पूर्वानुमान सूचीअनुसार कमाण्डमा खटिने अधिकृतहरूलाई जिम्मेवारी दिएको छ। यसका साथै सीमा क्षेत्रमा राजश्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरूलाई प्राथमिकतामा राखिएको छ।
संगठनले राजश्व संकलनमा विशेष जोड दिँदै बिगतको ट्र्याक रेकर्डअनुसार जिम्मेवारी तोकेको छ। लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशमा खटाउने, अवकाश नजिकका अधिकृतलाई प्राथमिकता दिने, र आफ्नो कार्य क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा जिम्मेवारी दिनु नीति अनुरूप गरिएको छ।
साथै, आफ्नो जिम्मेवारी पूरा नगर्ने वा अनुचित व्यवहार गर्ने अधिकृतलाई कमाण्डबाट हटाउने काम पनि गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे