
काठमाडौँ, १६ फागुन । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि आचारसंहिता लागू गरेको छ ।
आयोगले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनकालागि बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता लागू गर्ने निणर्य गरेको हो ।
आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे