
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा पठनपाठन छठ पर्वपछि मात्र सुरु हुने भएको छ। विश्वविद्यालयका अनुसार हालको असामान्य परिस्थितिका कारण भदौ २९, ३०, ३१, असोज १, २, ५ र कात्तिक ९ गते पठनपाठन बन्द रहनेछ। कात्तिक १० गते छठ पर्व परेकाले नियमित कक्षा कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने रजिष्ट्रारको कार्यालयले जनाएको छ। यस निर्णयअनुसार हिउँदे बिदाबाट कटौती गरिनेछ।
सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको विज्ञप्तिमा सबै क्याम्पसहरूलाई उक्त निर्देशन पालना गर्न भनिएको छ। जेनजीको आन्दोलन र त्यसपछिको परिस्थितिले मुलुकभरको शैक्षिक गतिविधिमा असर परेको छ। अब कक्षा कात्तिक ११ गतेदेखि मात्र सुरु हुनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे