
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको मिति भदौ २८ र २९ गते तोकेको छ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार मौका परीक्षा तिनै विद्यार्थीले दिन पाउनेछन् जसले सैद्धान्तिकतर्फ एनजी (नन ग्रेडेड) प्राप्त गरेका छन्, बढीमा दुई विषयमा अनुपस्थित भएका छन्, वा एक विषयमा मात्र एनजी वा अनुपस्थित भएर बाँकी विषयमा डी वा सोभन्दा माथिको ग्रेड ल्याएका छन्।
पुनर्योग (रिचेकिङ) चाहने विद्यार्थीका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। गत वैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन भएको नियमित परीक्षा साउन १९ गते प्रकाशित गरिएको थियो। नतिजाअनुसार ५२.९१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् भने १ लाख ८७ हजार २१ जना एनजी भएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे