
काठमाडौँ, भदौ १८ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) को परीक्षा दिएका झन्डै २ लाख विद्यार्थीले अहिलेकै अवस्थामा माथिल्लो तह पढ्न नपाउने भएका छन् ।
उनीहरूले पुनः परीक्षा दिएर ग्रेडवृद्धि गरेको अवस्थामा मात्र उच्च शिक्षा अध्ययन गर्न मिल्ने बाटो खुल्नेछ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार १ लाख ८८ हजार ४ सय १० जना परीक्षाको नतिजा ननग्रेडिङमा परेको हो ।
ननग्रेडिङमा परेका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न अयोग्य मानिने व्यवस्था छ ।
नियम अनुसार दुई विषयसम्म ग्रेड वृद्धि गर्न पाइनेछ । बोर्डका अनुसार १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेड वृद्धि दिन पाउनेछन् ।
जसअनुसार ५७ हजार ५ सय ३२ विद्यार्थीले ग्रेड वृद्धि परीक्षासमेत दिन नपाउने भएका छन् भने उनीहरूले उच्च शिक्षा अध्ययन गर्न पाउने छैनन् । त्यस्ता परीक्षार्थीले अर्को वर्षको परीक्षामा सामेल हुन पाउनेछन् । आजको राजधानी दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे