
काठमाडौँ, जेठ २० । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् । स्वर्गद्वारी गुठी पीडित किसानहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका थिए ।
मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेपछि प्रहरि अश्रुग्याँस प्रहार गरेर ताला फोडेको छ । कार्यालय खुलाउने क्रममा प्रहरीले बल प्रयोग गरेको र स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । आन्दोलनरत किसानलाई हटाउन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो ।
सरकारले पटक पटक आफूहरुसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दवाव स्वरुप तालाबन्दी गर्नु परेको गुठि पीडित किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए । अहिले स्थति सामान्य रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे