
काठमाडौँ, २५ साउन । काठमाडौँ महानगरपालिका ७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा झडप भएको छ ।
बिहीबार काठमाडौँ महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोलाको स्ल्याब भत्काउन खोजेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
उक्त स्ल्याब भत्काउन खोज्दा स्थानीय र नगर प्रहरीबीच झडप भएको हो । नगरप्रहरी पुग्नासाथ स्थानीय भेला भएर आफूहरूसँग कुनै समन्वय नगरी महानगरपालिकाले खोतल्न लागेको भन्दै दुवै पक्षबीच झडप भएको हो ।
महानगरको टोली डोजरसहित आएपछि स्थानीयबासीले बूढानीलकण्ठका जनप्रतिनिधिलाई बोलाएका थिए। त्यसपछि बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे