
काठमाडौं । विश्वका प्रमुख मनी ट्रान्सफर कम्पनीहरूसँगको साझेदारीबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशबाट नेपालमा छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा दिइरहेको छ । कम्पनीले इन्स्ट्यान्ट क्यास एफजेडी, मनीग्राम इन्टरनेशनल, रिया मनी ट्रान्सफर, रेमिट्ली इन्कोर्पोरेटेड, ट्रान्सफास्ट, इजी रेमिट, टेरा पेमेन्ट सर्भिस लगायत १०० भन्दा बढी अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँगको सहकार्यमा ‘सेण्ड मनी टु नेपाल’ सेवालाई थप सजिलो र व्यवस्थित बनाएको छ ।
यस सेवाबाट अस्ट्रेलिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, इराक, ओमान, बेलायत, सिंगापुर, हङकङ, ब्रुनाई, जापान र युरोपेली देशहरू लगायत विभिन्न देशहरूबाट ग्राहकहरूले सिटी एक्सप्रेसको मार्फत नेपालमा चाँडै रकम पठाउन सक्छन् ।
रेमिट्यान्स सेवा प्रयोग गर्न चाहने ग्राहकहरूले नजिकैको सिटी एक्सप्रेस काउन्टरमा रहेका प्रतिनिधिहरूसँग सम्पर्क गर्ने, प्राप्तकर्ताको आवश्यक विवरणहरू दिने, रकम तिर्ने र लेनदेनको जानकारी लिने सजिलो प्रक्रिया पूरा गरेमात्र सेवा प्राप्त गर्न सकिने छ ।
कम्पनीका प्रमुख उपलब्धिहरूमा ५ लाखभन्दा बढी ग्राहक आधार, १०० भन्दा बढी विश्वव्यापी साझेदार, करिब १५ प्रतिशत बजार हिस्सेदारी र १८ वर्षभन्दा बढिको सेवा अनुभव रहेको छ । यी तथ्याङ्कहरूले सिटी एक्सप्रेसलाई नेपालको अग्रणी रेमिट्यान्स सेवा प्रदायक संस्थाको रूपमा स्थापित गराएको छ ।
सेवा सहजीकरणका लागि नेपालभरि २५ हजारभन्दा बढी काउन्टरहरू मार्फत नगद प्राप्ति, बैङ्क जम्मा र ‘सिटी पे एप’ को मार्फत डिजिटल रूपमा रकम स्वीकार गर्ने सुविधा उपलब्ध छ ।
सिटी एक्सप्रेसले आफ्नो व्यवसायिक नेटवर्क विस्तार गर्न चाहने व्यक्ति वा संस्थाका लागि ‘बिकम एन एजेन्ट’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रमबाट लागू नीति अनुपालनको सहयोगसहित आय वृद्धि र विश्वव्यापी नेटवर्किङको अवसर दिइने कम्पनीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे