
काठमाडौँ , ५ फागुन । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। दिउँसो १ बजे हुने बैठकमा नेपाल नागरिकता ९दोश्रो संशोधन० विधेयक, २०८१ माथि छलफल हुनेछ। यसै गरी, बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक पनि छलफलका लागि प्रस्तुत हुनेछ, र विधेयक पारित गर्ने कार्यसूचीमा समावेश गरिएको छ।
संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा नेपाल प्रहरी विधेयक २०८१ माथि पनि छलफल हुने छ। भ्रष्टाचार सम्बन्धी विधेयक प्रधानमन्त्रीले र प्रहरी विधेयक गृहमन्त्रीले पेश गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे