
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले खोटाङ जिल्लाको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ मा नयाँ शाखा विस्तार गरी आफ्नो कारोबार सुरु गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले दिक्तेल शाखाबाट सेवाग्राहीलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने जानकारी दिएका छन्। उनले थप भने कि, बैंकले शाखा सञ्चालनको अवसरमा खाता खोल्ने ग्राहकलाई पहिलो वर्षका लागि कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा निःशुल्क उपलब्ध गराउने योजना बनाएको छ। साथै, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पनि एक वर्षका लागि छुट दिने निर्णय गरिएको छ।
बैंकले हालसम्म २ सय शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे