
काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ। महरामा आरोप छ कि उनले चिनियाँ संगठित गिरोहसँग मिलेर भेपको बट्टाभित्र लुकाएर ९ किलो सुन तस्करी गरेका थिए। बिहीबार उनी टंगालस्थित अख्तियार केन्द्रीय कार्यालयमा बयान दिन पुगेका थिए।
महरा यो प्रकरणमा २०७९ मै अनुसन्धानमा तानिएका थिए। तत्कालीन भन्सार प्रमुखसहित केही कर्मचारीमाथि उनले गरेको भनसुनको बारेमा बयान लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ। यसअघि उनी दुई पटक प्रहरीले अनुसन्धानमा तानेको थियो। पहिलोपटक मुद्दा नै अघि बढेन, दोस्रो पटक ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ परेका थिए। पक्राउपछि काठमाडौंस्थित केन्द्रीय अनुसन्धान ब्युरोमा अनुसन्धान भएको थियो र ९ चैतमा जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको थियो।
प्रकरणमा उनका छोरा राहुल महरासमेत यसअघि पक्राउ परेका थिए। २०७९ पुषमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेपको बट्टाभित्र लुकाइएका नौ किलो सुन बरामद भएपछि यो प्रकरणले राजनीतिक तहसम्म हलचल मच्चाएको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरू पक्राउ परेसँगै अनुसन्धान दायरा विस्तार हुँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे