
कार्यक्रमको सुरुआतमा चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेसनकी कृस्टिनाले स्वागत मन्तव्य व्यक्त गर्दै अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको शैक्षीक कार्यक्रम, महत्व र अनुभवको बारेमा बताएकी थिईन ।
पानसमा दिप प्रज्वलन गरी सुरु गरिएको उक्त कार्यक्रममा शैक्षीक परामर्श सघं इक्यानका पुर्व अध्यक्ष विष्णु हरि पाण्डेल र अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलिया पढ्न जादा आउने चुनौती र समस्या समाधानको बारेमा चर्चा गर्दै चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेसनका पदाधिकारीलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
मास्टर सेफ सन्तोष शाहले कुनै पनि शैक्षिक गन्तव्यमा अध्यन गर्न जाने क्रममा सिप सिकेर जादा विभिन्न अवशरहरु सजिलै पाउन सक्ने हुदा अस्ट्रेलिया पढ्न जाने विद्यार्थीलाई सिप सीकेर जानको लागी उत्प्रेरणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा वोल्दै अष्ट्रेलीयाका लागी पुर्व नेपाली राजदूत लक्की सेर्पाले चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेसनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेसनका डिन तथा सि ई ओ माइकल सिमिरले सम्पुर्ण शैक्षीक परामर्श व्यवसायी तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यसै गरी आई आई ई का सि ई ओ र चर्चहिलका अप्रेशनल हेड सागर लोहनीले कार्यक्रमलाई सम्बोधन गर्दै आई आई ई को सफलता सगै चर्चहिल इन्सीटीयुटलाई लाई पनि ऊतीकै साथ र सहयोगकाृ आशा गर्दै अस्ट्रेलियन शैक्षिक प्रणालीको प्रत्यक्ष परोक्ष सकारात्मक प्रभाव नेपाली शिक्षण प्रणालीमा भइरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा उपस्थीत अथितीहरुलाई आयोजकले मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रम सव्य र भव्य भएकोमा आई आई इ तथा चर्चहिल इन्स्टिच्युट का मार्केटीङ डाइरेक्टर एण्ड पब्लिक रिलेसन विजय शर्मा ले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नु भयो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे