
काठमाडौं, मङ्सिर १७ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज बिच प्रतिस्पर्धा भइरहेको छ। त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ, र काठमाडौँ गुर्खाजले ब्याटिङ सुरु गरेको छ।
यो भिडन्तलाई बागमती प्रदेश डर्बीको रुपमा हेरिएको छ। काठमाडौँ गुर्खाजको मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन्, जससँग भीम सार्की, साहब आलम, दीपेश कँडेल, रासिद खान लगायत अन्य खेलाडी पनि छन्। काठमाडौँ टोलीलाई नामिबियाका जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट र इङ्ल्यान्डका स्टेफेन इस्कीनाजी जस्ता विदेशी खेलाडीले थप बलियो बनाएका छन्।
चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन्, जससँग अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा लगायतका खेलाडी पनि छन्। टोलीमा विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा र ल्यूक मार्टिनको प्रदर्शनले बलियो समर्थन दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे