
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुनेछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने पहिलो खेल बिहान ११ः४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच हुनेछ। चितवन चार अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहँदै प्रतिस्पर्धामा मजबुत छ, भने काठमाडौँले दुई अंक मात्रै जोडेर दबाबमा रहेको छ।
दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ। तीन खेलबाट दुई अंक प्राप्त गरेको कर्णालीका लागि प्लेअफ सम्भावना जोगाइराख्न जित अपरिहार्य छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलमा छ अंक जोडेको छ। आजको खेल जितेमा यसको प्लेअफ यात्रा थप सहज हुने अपेक्षा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे