
काठमाडौँ, २२ कार्तिक । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ २ वटा जहाज नेपाल आइपुगेको छ ।
आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन्। चिनियाँ सेनाको जहाजसँगै कार्गो विमान पनि विमानस्थलमा अवतरण भएको छ।
चिनियाँ राजदूत छन सोङले उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नेछन्। चीनले यसअघि नै १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा गरिसकेको छ ।
गत शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे