
एजेन्सी । चीनले क्यानडा र बेलायतका नागरिकलाई भिसा नचाहिने ९भिसामुक्त० यात्रा सुविधा दिने निर्णय गरेको छ। चीनको विदेश मन्त्रालयका अनुसार यो व्यवस्था मंगलबारदेखि लागू भएको छ र सन् डिसेम्बर ३१ सम्म कायम रहनेछ।
यस निर्णयअनुसार क्यानडा र बेलायतका साधारण राहदानी ९पासपोर्ट० भएका नागरिकहरूले अब चीन भ्रमण गर्न भिसा लिनुपर्ने छैन। उनीहरू व्यापार, पर्यटन, आफन्त वा साथीभाइ भेट्न, सांस्कृतिक आदान–प्रदान गर्न वा ट्रान्जिटका लागि अधिकतम ३० दिनसम्म चीनमा बस्न सक्नेछन्।
एएफपीका अनुसार यो निर्णय हालै भएका उच्चस्तरीय भ्रमणपछि आएको हो। बेलायती प्रधानमन्त्री केयर स्टारमर र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले जनवरी महिनामा बेइजिङको भ्रमण गरेका थिए। उनीहरूले चीनसँगको सम्बन्ध सुधार गर्ने र आपसी सहकार्य बढाउने उद्देश्य राखेका थिए।
भ्रमणका क्रममा उनीहरूले चीनका शीर्ष नेताहरू, विशेष गरी सी जिनपिङसँग भेटघाट गरेका थिए। भेटपछि दुवै पक्षले सम्बन्ध सुधारमा प्रगति भएको बताएका थिए। चीनले यो निर्णयले विभिन्न देशका नागरिकबीचको आपसी आवतजावत, समझदारी र जनस्तरको सम्बन्ध अझ सहज हुने विश्वास लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे