
काठमाडौँ , ६ वैशाख । सरकारले आज वैशाख ६ र ७ गते ९शनिबार र आइतबार० देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ । यो कार्यक्रम ५ वर्ष मुनिका बालबालिकाको पोषण स्तर सुधार गर्न र विभिन्न संक्रमणजन्य रोगबाट बचाउनका लागि सञ्चालन गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ भने १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी पनि प्रदान गरिएको छ।
यसै क्रममा, १५ महिनासम्म लगाउनु पर्ने कुनै नियमित खोप छुटेको अवस्थामा ती खोपहरू नजिकको स्वास्थ्य संस्थामार्फत लगाउन अभिभावकहरूलाई आग्रह गरिएको छ। पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा बालबालिकाको समग्र स्वास्थ्यमा सुधार ल्याउन यस्तो अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे