
काठमाडौँ । नेपाल सरकारले आज र भोलिदेखि देशभरका साना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ। यो अभियान अन्तर्गत ६ महिना देखि ११ महिना उमेरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल मात्र, र १२ महिना देखि ५९ महिना उमेरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइनेछ।
सामान्यतया हरेक वर्ष कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको भए पनि, यस वर्ष तिहार परेको कारण कार्यक्रम सारिएको हो। देशका ७५३ स्थानीय तहमा करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको परिवार कल्याण महाशाखाले जनाएको छ।
यस अभियानका लागि देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे