
धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् ।
आइतबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री शाहलाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका हुन् ।
प्रदेशसभा बैठकमा उपस्थित ५२ सांसदमध्ये ४१ जना सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे