
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्व–२०८२ का अवसरमा जारी सन्देशमा उहाँले यस पर्वले समाजका विभेद, कुरिति र विसङ्गति अन्त्य गरी मौलिक संस्कृति संरक्षण र राष्ट्रिय एकता अभिवृद्धिमा सहयोग पुर्याउने उल्लेख गर्नुभयो । उहाँका अनुसार सूर्य, जल र पृथ्वीप्रति श्रद्धा प्रकट गर्ने यो पर्वले दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न प्रेरणा दिन्छ ।
राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल, पारिवारिक कल्याण र शुभ फल प्राप्त हुने जनविश्वास रहेको बताउनुभयो । उहाँले सूर्यविना जीवन सम्भव नरहेको सन्दर्भमा यो पर्वले प्रकृति प्रतिको दायित्व, पर्यावरणीय चेतना र सामाजिक ऐक्यबद्धता सुदृढ गर्ने महत्व रहेको उल्लेख गर्नुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे