
काठमाडौँ । आज मंगलबार छठ पर्वको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न भएको छ। चार दिनसम्म मनाइने सूर्य उपासनाको यस पर्वको पहिलो दिन नुहाउने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइने परम्परा रहेको छ।
शनिबार निराहार व्रत बसेका ब्रतालुले आज बिहान सूर्यदेवलाई अर्घ्य अर्पण गरी व्रत तोडेका छन्। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यो पर्व सूर्यदेवको आराधना र कृतज्ञताको प्रतीक हो।
छठमा बाँसका ढाकी, माटोका सामग्री, केरा, उखु, मौसमी फलफूल, ठेकुवा, अदुवा लगायतका प्रसाद अर्पण गरिन्छ। आज बिहान विशेषगरी तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी, सर्लाही, बारा, पर्सा र रौतहटका जलाशयहरूमा भक्तजनहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे