
काठमाडौं। नेपालले व्यक्तिगत खेलहरूमा विशेष गरी चेस जस्तो खेलमा विश्व विजेता उत्पादन गर्न सक्षम रहेको छ भन्ने विचारमा सहभागिहरूले सहमति जनाएका छन्। कार्यक्रमको क्रममा, चेसको अभ्यासलाई विद्यालयको पाठ्यक्रममा समावेश गरेर बालबालिकामा मानसिक विकास, रणनीतिक सोच र समस्या समाधान क्षमतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सम्भावनाको बारेमा छलफल गरिएको थियो।
कार्यक्रममा उपस्थित प्रमुख वक्ताहरूले चेस खेललाई विद्यालयका पाठ्यक्रममा समावेश गर्ने कदमलाई अत्यन्त महत्वपूर्ण ठान्दै यसबाट भविष्यका खेलाडीहरूलाई बलियो आधार बनाइने धारणा राखेका थिए।
कार्यक्रमका आयोजक KMAG Technology का लक्ष सापकोटा र अन्य सबै सहयोगीलाई यस प्रयासमा योगदान पुर्याएकोमा धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे