
काठमाडौँ । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विशेषगरी कोशी र बागमती प्रदेशका उच्च क्षेत्रहरूमा एक–दुई स्थानमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।
विभागका अनुसार बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्नेछ। साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत र चुरे हुँदै बहने स–साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने चेतावनी दिइएको छ।
यसले सडक र हवाई यातायात, कृषि, पर्यटन तथा जनजीवनमा असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यसैबीच, बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको र त्यसको प्रभाव विस्तारै कमजोर हुँदै नेपालका मध्य भूभाग हुँदै पूर्वतर्फ सर्ने विभागले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे