
राप्रपा नेपाल गठन गरेका कमल थापाले स्थानीय तह निर्वाचनमा अपेक्षा गरेअनुसारको नतिजा आउन नसकेको बताएका छन् ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले स्थानीय तह निर्वाचनमा भएको सहमति एमालेले पालना नगरेको आरोप लगाएको छन् ।अध्यक्ष थापाले भनेका छन्, ‘हामीले चुनावमा भाग नलिन पनि सक्थ्यौ तर, चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो ।
सोमबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा थापाले पार्टी पुनर्गठन भएको छोटो समयमा चुनाव जानुपर्ने बाध्यात्मक चुनावमा बहिस्कर गर्दा गलत सन्देश जाने भएकाले सांकेतिक रुपमा मात्र भाग लिएको उनले बताए ।उनले निर्वाचनअघि एमालेको सूर्य चिन्ह लिएर स्थानीय निर्वाचनमा भाग लिने निर्णय गरेका थिए। थापाको पार्टीले कुनै पनि पालिकामा प्रमुख वा उपप्रमुखमा जित हात पार्न सकेन।स्थानीय चुनावको अनुभवबाट पाठ सिकेर आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्ने थापाले बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे