
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस भैंसीगौडा, पृथ्वी राजमार्गमा मध्यराति दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत मृतक यात्रुहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, दुर्घटनामा घाइते भएका सबै यात्रुको शीघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गर्नुभयो।
उहाँले यस्तो दुखद घटनाले सबैलाई सावधानी अपनाउन प्रेरित गर्ने र भविष्यमा यस प्रकारका दुर्घटनाहरू घटाउन सुरक्षा नियमको पालना आवश्यक रहेकोमा जोड दिनुभएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे