
काठमान्डौ -प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९र८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन भन्नुभयो ‘इमान्दारीपूर्वक भन्नुपर्छ यो बजेटले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन ।
अहिले जुन प्रकारको आर्थिक संकट देखिंदै गएको छ, जुन प्रकारको मूल्यवृद्धि देखिंदै गएको छ त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन । यो बजेट केबल निर्वाचन लक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ ।
उनका अनुसार यो बजेटले आर्थिक सँकट आउँनुका साथै मूल्यवृद्धि हुने देखिन्छ ।लिङदेनले बजेटका लागि बजेट र बहसका लागि बहसमात्रै भइरहेको भन्दै बजेटको स्रोत सुनिश्चित नभएकोले कार्यान्वयन हुनै नसक्ने दाबीसमेत गरे ।
आगामी निर्वाचनलाई लक्षित गरेर मात्र बजेट ल्याइएको भन्दै उनले यो बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न नसक्ने जिकीरसमेत गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे