
काठमाडौँ, २७ नवम्बर – वेष्ट इन्डिजका चर्चित क्रिकेटर चाडविक वाल्टन नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ खेल्न नेपाल आइपुगेका छन्। वाल्टन कर्णाली याक्सको फ्रेन्चाइज टोलीमा अनुबन्ध भइसकेका छन्।
वेष्ट इन्डिजका विकेटकीपर ब्याट्सम्यान वाल्टन मंगलबार नेपाल पुगेको कर्णाली याक्सले जनाएको छ। एनपिएल २०२४ को आगामी सिजनमा कर्णाली याक्सका लागि खेल्ने उनले यसअघि विभिन्न अन्तर्राष्ट्रिय लिगहरूमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाइसकेका छन्।
कर्णाली याक्सले वाल्टनलाई टोलीमा सामेल गराउन ठूलो कदम चालेको छ र उनको आगमनले टोलीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे