
काठमाडौं । देशभरको शान्ति–सुरक्षा अवस्थाको समग्र समीक्षा र आगामी चुनौतीहरूलाई ध्यानमा राखेर रणनीति तय गर्न केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्ने भएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले पछिल्ला सुरक्षा घटनाक्रम, संवेदनशील क्षेत्रहरूको पहिचान तथा समन्वय व्यवस्थालाई अझ प्रभावकारी बनाउने उद्देश्यले बैठक आह्वान गरेका हुन्।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाबाट एक जना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, साथै मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुखसहित सुरक्षा संयन्त्रका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहनेछ।
बैठकले वर्तमान सुरक्षा चुनौती, सम्भावित जोखिम र आगामी समयमा आवश्यक पर्ने सुरक्षा तयारीबारे विस्तृत छलफल गर्ने अपेक्षा गरिएको छ। साथै, पर्व–उत्सव, राजनीतिक गतिविधि तथा भौगोलिक रूपमा संवेदनशील क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि बैठकमा प्राथमिकताका साथ बहस हुने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे